ad ad

समाज


कन्याको ६७ र मीनको ७४ भाग्याङ्क, तपाईँको कति? हेर्नुस् १७ भदौको राशिफल

कन्याको ६७ र मीनको ७४ भाग्याङ्क, तपाईँको कति? हेर्नुस् १७ भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ १७, २०८१ सोमबार ४:३५, काठमाडौँ

आज सोमबार, १७ भदौ २०८१ (२ सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : साथीभाइसँग समय बित्नेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। मनोरञ्जनमा सहभागी भइएला। स्वास्थ्य र सुन्दरतामा धन खर्च हुनेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गाईलाई खानेकुरा दिने। झुट नबोल्ने।

वृष : लाभहानि बराबर रहनेछ। आफन्तसँग विवाद पर्न सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ पर्पल हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट : अधुरा काम पूरा हुनेछन्। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। रमणीय र सुखद हुनेछ। ठिक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। वैदेशिक क्षेत्रको काममा सफल भइनेछ।

भाग्यशाली रङ निलो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अरूको कुभलो नसोच्ने।

सिंह : कुनै कुराले मनमा शान्ति छाउनेछ। अधुरा या नयाँ कार्यको थालनी हुनेछ। साजसज्जाका सामानमा गरेको लगानीबाट लाभ मिल्नेछ।  प्रेम सम्बन्ध फक्रनेछ। राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ आकासे र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ३६, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६८, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कन्या : स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। यात्रामा मालसामान हराउन सक्छ। आर्थिक समस्याले तनावको सिर्जना हुन सक्छ। चोटपटकको भय छ, अतः सचेत रहनु होला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६९, सेयर बजारमा ५८, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सेतो रङको प्रयोग नगर्ने।

तुला : नयाँ कार्यको योजना बन्नेछ। आदर्श व्यक्तिसँगको सहकार्यले फाइदा पुग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ।

भाग्यशाली रङ पहेँलो हो भने र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७९, सेयर बजारमा ५४, वैदेशिक कार्यमा ५० र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : शुभ समाचार सुन्न पाइएला। जोस, जाँगर बढ्नेछ। सहयोगी हातहरू अघि बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। व्यवसायिक काममा राम्रै फड्को मार्न सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

धनु : हितैषीबाट राम्रो सहयोग मिल्नेछ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। काम गर्ने जोस बढ्नेछ। रमाइलो यात्रा होला। समग्रमा दिन सकारात्मक छ।

भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मकर : शरीर भारी र मन अस्थिर रहन सक्छ। आम्दानी नहुदाँ दैनिक खर्चको लागि समस्या हुनेछ। घरपरिवारमा तनावको स्थिति पैदा होला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई साँझपख बढी लाभ हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। अरूको कुरामा हतपत विश्वास नगर्ने।

कुम्भ : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ। प्रेम प्रसङ्गमा सफलता मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शिवजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : सांस्कृतिक कार्यमा सरिक भइनेछ। रमाइलो यात्रा हुनेछ। पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउनेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। नयाँ व्यक्तिसँग भेटघाट होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .