ad ad

समाज


च्यासलको पुलबाट २० वर्षीया युवतीले बागमतीमा हामफालिन्, भेटियो ब्याग र मोबाइल

च्यासलको पुलबाट २० वर्षीया युवतीले बागमतीमा हामफालिन्, भेटियो ब्याग र मोबाइल

नेपालखबर
भदौ १६, २०८१ आइतबार २०:१७, काठमाडौँ

ललितपुरको च्यासलस्थित पुलबाट एक युवतीले बागमतीमा हामफालेकी छन्।

आइतबार बेलुका ७ बजेतिर च्यासलस्थित दोभानको पुलबाट युवती बागमतीमा हामफालेको र खोजी भइरहेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए। 

खोजतलासको क्रममा पुलमुनी रुकुमको मुसीकोट घर भएकी २० वर्षीया अन्जली शर्माको ब्याग फेला परेको छ।

ब्यागमा नोट र मोबाइल पनि भेटिएको एसपी सुवेदीले नेपालखबरलाई जानकारी दिए। अन्जली हाल बालकुमारीमा डेरा गरी बस्दै आएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .