ad ad

समाज


२३ महिनाकी छोरीलाई हिर्काउँदा बेहोस बनेपछि खोलामा फालिन्, आमा पक्राउ

२३ महिनाकी छोरीलाई हिर्काउँदा बेहोस बनेपछि खोलामा फालिन्, आमा पक्राउ

नेपालखबर
भदौ २४, २०८१ सोमबार १९:३५, काठमाडौँ

ललितपुरमा आफ्नै छोरीको हत्या गरी खोलामा फालेको आरोपमा आमा पक्राउ परेकी छन्।

काभ्रेको पनौती घर भै हाल अस्थायी रुपमा ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारी २३ महिने छोरीको हत्या गरेको आरोपमा पक्राउ परेकी हुन्।

गएको साउन २७ गते बालिका पृन्सिका आफ्नै घरबाट हराएकी थिइन्।

खोजतलास गर्ने क्रममा प्रहरीले साउन २८ गते बिहान सिलिङ्गेबेसी आपबोटमा रहेको ठोस्ने खोलामा पानीमा डुबी मृत अबस्थामा रुखको हागामा अड्किएर रहेको अबस्थामा बालिकाको शव फेला पारेको थियो।

घटनालाई अन्त्यन्त संवेदनशील र सङ्कास्पद रुपमा लिई प्रहरीले सुक्ष्म तवरले सोधपुछ तथा अनुसन्धान गर्दा बालिकाको आमा प्रमिलाले हिर्काउँदा बालिका बेहोस भएपछि सोही खोलामा फालेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले आज (भदौ २४ गते) प्रमिलालाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिई प्रहरी बृत्त चापागाउबाट बिस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .