ad ad

कारोबार


नेपाल एयरलाइन्समा नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु: मन्त्री पाण्डे

नेपाल एयरलाइन्समा नीतिगत हस्तक्षेप गरेर अघि बढ्छु: मन्त्री पाण्डे

नेपालखबर
भदौ २४, २०८१ सोमबार १९:५०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि नीतिगत हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन्।

साेमबार नेपाल पर्यटन बाेर्डका नवनियुक्त कार्यकारी दीपकराज जाेशीकाे स्वागत कार्यक्रममा बाेल्दै मन्त्री पाण्डेले मन्त्रालयका संस्कृति,पर्यटन र नागरिक उड्डयन तीन स्तम्भ भएकाले सुधारको बाटोमा लैजान चाहेको धारणा राखे।

‘नेपाल एयरलाइन्स सुधारकाे बाटाेमा जान जरूरी छ। म यहाँ केवल भाषण गर्न मात्रै उभिएको छैन। अब नीतिगत हस्तक्षेपकाे बाटाेमा लैजान चाहन्छु,’ उनले भने। 

उनले वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई कारबाहीको तयारी गरेका छन्। यसका लागि ११ बुँदे दिने स्पष्टीकरण सोधिसकेका छन्। 

मन्त्रालयकाे बारेमा सम्पूर्ण विषय बुझिसकेकाले अब रिफर्मकाे बाटाेमा अघि बढ्ने उनको दाबी थियो। 

मन्त्री पाण्डेले मन्त्रालयमा प्लेन चलाइदिन भनेर डेलिकेसन आउने गरेका बताउँदै प्लेन नचल्दा देशभरका अधिकांश एयरपोर्टहरू रित्ता भएकाे दृष्टान्त पनि सुनाए। उनले नागरिक उड्डयन क्षेत्र सुरक्षित हुने कुरामा कुनै दुविधा नलिनसमेत आग्रह गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .