ad ad

समाज


धनुको प्रेममा मनमुटाव हुने, मिथुनलाई रोजगारी मिल्ने, तपाईँको के? हेर्नुस् २५ भदौको राशिफल

धनुको प्रेममा मनमुटाव हुने, मिथुनलाई रोजगारी मिल्ने, तपाईँको के? हेर्नुस् २५ भदौको राशिफल

पण्डित नारायणप्रसाद दुलाल
भदौ २५, २०८१ मंगलबार ४:३०, काठमाडौँ

आज मंगलबार, २५ भदौ २०८१ (१० सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : लाभहानि बराबरी रहनेछ। मन खिन्न हुने स्थिति आउन सक्छ। बोलीको विपरीत अर्थ लाग्ला, संयम रहनु होला। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ। दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला।

भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३३, सेयर बजारमा ४९, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : मित्र वा आफन्तको सहयोग मिल्नेछ। रमणीय र सुखद यात्राको योग छ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट लाभ नै मिल्नेछ।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५५, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

मिथुन : रोजगारीको अवसर आउनेछ। परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ४६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क पनि ५६ प्रतिशत नै रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कर्कट : अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। वैदेशिक कार्य अघि बढ्ला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७८, व्यापारमा ६२, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह : आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ। सरकारी निकायको काम झन्झटिलो बन्ला। साँझपख सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। राजनीतिक कार्यमा बाधा आउनेछ। तर, अभिभावकको आशीर्वादले काम गर्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ७५, सेयर बजारमा ६६, वैदेशिक कार्यमा ५२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६४, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। कालो रङको प्रयोग नगर्ने।

कन्या : मनमा शान्ति छाउनेछ। रोकिएको वैदेशिक काम अघि बढ्नेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्ला। मनोरञ्जनमा सहभागी भइएला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुन सक्छ।

भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ७३, व्यापारमा ५९, सेयर बजारमा ७५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ८० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

तुला : घरमा शुभकार्यको चर्चा चल्नेछ। धेरै समयदेखि रोकिएको काम फत्ते हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। ठिक समयमा सही निर्णय लिन सकिनेछ। नयाँ व्यक्तिसँग समीपता बढ्नेछ। वैदेशिक क्षेत्र सफल रहला।

भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६५, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ७१ र सम्पूर्ण भाग्याङ्क ८० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।

वृश्चिक : तीर्थाटनको योग छ। घरमा अतिथिको आगमन हुनेछ। कार्य सम्पादनमा सहजता मिल्नेछ। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। सेयर बजारमा फाइदा हुनेछ। साजसज्जाका सामानको लगानीबाट लाभ मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ६५, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५०, यात्राको योग ६८ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

धनु : नजिकका व्यक्ति टाढिन सक्छन्, अत: बोल्दा सावधानी अपनाउनु पर्नेछ। प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ। धेरै ठूलो महत्त्वाकाङ्क्षा लिएर काम नगर्नु होला। साँझमा कतैबाट शुभ समाचार सुन्न पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४६, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ६१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

मकर : काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, सेयर बजारमा ८०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ७५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ७८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। झुट नबोल्ने।

कुम्भ : विद्या र बुद्धिको विकास हुनेछ। नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ। अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग छ। इच्छा-आकाङ्क्षा पूर्ण हुनेछन्। समग्रमा दिन सकारात्मक रहनेछ।

भाग्यशाली रङ रातो र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७१, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५३, यात्राको योग ७५ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

मीन : प्राविधिक कार्यमा सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। लामो यात्रा सुखद र सफल हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६८, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .