ad ad

समाज


विभिन्न समयमा ज्यान गुमाएका सैनिकका परिवारलाई आर्थिक सहायता

विभिन्न समयमा ज्यान गुमाएका सैनिकका परिवारलाई आर्थिक सहायता

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १६:२, काठमाडौँ

नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले विभिन्न समयमा ज्यान गुमाएका सैनिक परिवारलाई आर्थिक सहायता प्रधान गरेका छन्। 

गते जंगीअड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति सिग्देलले विगत द्वन्द्वको समयमा घाइते भएका अवकाश प्राप्त सैनिकहरूलाई सम्मान गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

सो अवसरमा एक जनालाई चारपाङ्ग्रे स्कुटर र ३४ जनालाई जनही १ लाख ४० हजारका दरले आर्थिक सहायता प्रदान गरेका छन्। 

२०८० चैत्र २६ गते डोल्पाको ठूलीभेरी नगरपालिका ४ स्थित तिप्लामष्ट भवानी सामुदायिक वनमा लागेको आगो नियन्त्रणको क्रममा ज्यान गुमाएका तीन सैनिकका परिवारलाई पनि आर्थिक सहायता प्रदान गरिएको छ। 

आगलागी नियन्त्रणका क्रममा मृत्यु भएका जमदार केशव जार्गा मगर, सिपाही हेमन्त रावत र सिपाही आंशिक बुढाको परिवारलाई जनही १ लाख ४० हजारका दरले आर्थिक सहयोगसहित सिग्देलले सम्मान गरेका छन्। 

यस्तै, गिनिज वल्ड रेकर्डमा विभिन्न पाँच वटा विधामा विश्व कीर्तिमान राख्न सफल नेपाली सेनाका प्युठ हरिचन्द्र गिरीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिएको छ।

विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयकी छात्रा आईश्मा आचार्यलाई ५१ हजार सहित सम्मान गरेका छन्।

आचार्यले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएकी थिइन्।

राष्ट्रियस्तरको एथलेटिक्समा विभिन्न समयमा २ स्वर्ण, १ रजत र १ कांस्य पदक हासिल गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .