ad ad

समाज


बागलुङ दुर्घटना अपडेट : तीन जनाकै शव भेटियो, घाइतेको टाउकोमा चोट

बागलुङ दुर्घटना अपडेट : तीन जनाकै शव भेटियो, घाइतेको टाउकोमा चोट

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार ११:५२, काठमाडौँ

बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा शुक्रबार बिहान भएको जिप दुर्घटनामा परेर निधन भएका तीन जनाकै शव संकलन गरिएको छ।

जिपमा सवार ४ जनामध्ये तीन जनाको निधन भएको र एक जनाको उपचारका लागि धवलागिरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

घाइतेको टाउकोमा चोट लागेको छ।

जिल्ला प्रहरी कार्यालय, बालगुङका सूचना अधिकारी प्रताप पौडेलले सबैको शव संकलन भएको जानकारी दिए। उनका अनुसार रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भपुेन्द्रा बुढासहित तीनजनाको निधन भएको हो। 

रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटनामा परेको थियो। दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जनाको भने पहिचान खुलिनसकेको उनले बताए।

गाडी काठमाडौँदेखि रुकुम पूर्व जाँदै गरेको अवस्थामा बागलुङमा दुर्घटनामा परेको थियो। 

दुर्घटनास्थलमा उपाध्यक्ष बुढाको परिचयपत्र भेटिएको थियो। उपाध्यक्ष बुढा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .