ad ad

समाज


सिरहामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

सिरहामा पोखरीमा डुबेर दुई बालबालिकाको मृत्यु

सांकेतिक तस्बिर


नेपालखबर
असोज १, २०८१ मंगलबार १६:५७, काठमाडौँ

सिराहाका दुई छुट्टछुट्टै स्थानमा पोखरीमा डुबेर दुई बालबालिकाको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–४ बस्तिपुर बस्ने सुमित लामाको छोरा ३ वर्षीय नुरगेन लामाको सोही ठाउँस्थित पोखरीमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ।

डुबेर अशक्त भएका उनको फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो।

यसैगरी सिराहाकै औरही गाउँपालिका–५ स्थित सार्वजनिक पोखरीमा डुबेर सोही ठाउँ बस्ने सजिबुल खानकी छोरी ३ वर्षीया अलिया खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ।

नुहाउने क्रममा पोखरीमा डुबेर अशक्त भएकी उनको प्रादेशिक अस्पताल सिराहामा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .