ad ad

समाज


दुर्गा प्रसाईंसँग २ घण्टा बयान लिएर अस्पताल फर्काइयो

दुर्गा प्रसाईंसँग २ घण्टा बयान लिएर अस्पताल फर्काइयो

तस्बिर : सरोज बैजु


नेपालखबर
असोज ८, २०८१ मंगलबार १८:१७, काठमाडौँ

विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग बयान लिइएको छ। सरकारी वकिल कार्यालयमा मंगलबार प्रसाईंसँग २ घण्टा बयान लिइएको हो। 

गत आइतबार आफ्नै निवासबाट पक्राउ परेका प्रसाईं सोही दिन वीर अस्पताल भर्ना भएका थिए। 

आइतबार र सोमबार अस्पताल बसेका प्रसाईंलाई आज (मंगलबार) बयानका लागि सरकारी वकिल कार्यालय लगिएको थियो। बयान सकेर प्रसाईंलाई अस्पताल लगिएको छ।

रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका महिलाले साइबर क्राइम गरेको आरोपमा प्रसाईंविरुद्ध जाहेरी दिएका थिए।

सोही जाहेरीका आधारमा प्रहरीको साइबर ब्युरोले गत आइतबार उनकै निवास भक्तपुरबाट पक्राउ गरेको थियो। 

जिल्ला अदालत काठमाडौँले आइतबार नै उनीमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।

साइबर ब्युरोले सोमबार उनलाई वीर अस्पतालबाट लगेर बयान लिएको थियो। प्रसाईं आफू अस्वस्थ रहेको भन्दै वीर अस्पतालमा बसिरहेका छन्।

उनको पक्राउविरुद्ध छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन पनि दर्ता गरेका छन्। उक्त रिट निवेदनमाथि मंगलबार नै न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले कारण देखाउ आदेश जारी गरेको छ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .