ad ad

समाज


जनप्रगतिशील मञ्च अष्ट्रेलियाद्वारा विपन्न विद्यार्थीलाई छात्रवृत्ति

जनप्रगतिशील मञ्च अष्ट्रेलियाद्वारा विपन्न विद्यार्थीलाई छात्रवृत्ति

नेपालखबर
असोज ८, २०८१ मंगलबार १९:१९, काठमाडौँ

नेकपा माओवादी केन्द्रनिकट जनप्रगतिशील मञ्च अस्ट्रेलियाले विपन्न परिवारका छात्रछात्राको अध्ययनका लागि आर्थिक सहयोग गरेको छ।

मञ्चले झापाको कमल गाउँपालिकामा तीन जना गरिब तथा जेहेन्दार विद्यार्थीका लागि जनही २० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको हो।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङले उक्त छात्रवृत्ति वितरण गरेका हुन्। छात्रवृत्ति प्राप्त गर्नेमा कमल गाउँपालिका–५ सिमलेकी बबिता राई, कमल–१ बाँसबारीकी अनु धिमाल, कमल–१ बाँसबारी शुक्रबारेकी दीपा विक छन्।

राई इलाम चुलाचुलाचुलीस्थित किरात चोलुङ आधारभूत विद्यालयको कक्षा ३, धिमाल बाँसबारी माध्यामिक विद्यालयको कक्षा १ र विक बाँसबारी माध्यामिक विद्यायको कक्षा ८ की छात्रा हुन्।

विपन्न परिवारका राई र धिमाल दुवैका बाबुको मृत्यु भएको र दुवैका आमामा अपांगता भएका कारण पढाई खर्च जुटाउन धौधौ परेकाले सहयोग गरिएको तामाङले बताए। कक्षा ८ की प्रथम छात्रा विक जेहेन्दार विद्यार्थी हुन्। उनका बुबा वैदेशिक रोजगारीमा छन्।

 कार्यक्रममा मञ्चका अस्ट्रेलिया अध्यक्ष दीपक खनाल र खिम भण्डारीको पहलमा प्राप्त छात्रवृत्ति रकम प्राप्त भएको तामाङले बताए।

तामाङले विदेशी भूमिमा बसेर पनि आर्थिक अभावका कारण पढाई छाड्नुपर्ने बाध्यतामा रहेका विद्यार्थीका लागि सहयोग गरेको भन्दै मञ्च र त्यसका पदाधिकारीलाई धन्यवाद दिए।

यो वर्षमात्र देशका विभिन्न स्थानमा ५० विद्यार्थीलाई त्यस्तो छात्रवृत्ति उपलब्ध गराइएको मञ्चले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .