ad ad

समाज


हेटौँडा-कुलेखानी-काठमाडौँ सडक पुनः सञ्चालन

हेटौँडा-कुलेखानी-काठमाडौँ सडक पुनः सञ्चालन

नेपालखबर
असोज ९, २०८१ बुधबार १२:१५, काठमाडौँ

हेटौँडाबाट कुलेखानी, सिस्नेरी हुँदै काठमाडौँ जाने सडकखण्डमा आजदेखि पुनः गाडी सञ्चालनमा आएका छन्। 

उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण समस्या भएकाले दक्षिणकाली नगरपालिकाको अनुरोधमा जिल्ला प्रशासन कार्यालयले यही असोज ८ देखि १९ गतेसम्म सो सडकमा सवारी यातायात आवागमन बन्द गर्ने सूचना प्रकाशित गरेको थियो। 

स्तरोन्नति गर्ने निर्माण व्यवसायीले हाललाई स्तरोन्नति गर्न नसक्ने बताएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि सिस्नेरी भएर सञ्चालन हुने यातायात पुनः सञ्चालन गरिएको जानकारी दिएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .