ad ad

समाज


काठमाडौँ उपत्यकामा बाढीपहिरो: अहिलेसम्म ३२ जनाको मृत्यु, १२ जना बेपत्ता

काठमाडौँ उपत्यकामा बाढीपहिरो: अहिलेसम्म ३२ जनाको मृत्यु, १२ जना बेपत्ता

डुबानमा परेकाे भक्तपुरको भाटभटेनी सुपर मार्केट क्षेत्र। तस्बिरः किरणराज विष्ट/रासस


नेपालखबर
असोज १२, २०८१ शनिबार १४:३०, काठमाडौँ

काठमाडौँ उपत्यकामा बाढीपहिरोमा परेर गएरातिदेखि अहिलेसम्म ३२ जनाको मृत्यु भएको छ। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विनोद घिमिरेका अनुसार काठमाडौँमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जना गरी ३२ जनाको मृत्यु भएको हो।

‘तीन जिल्लामा बाढी पहिरोमा परेर १२ जना बेपत्ता छन्,’ एसएसपी घिमिरेले नेपालखबरसँग भने, ‘तीन जिल्लाबाट अहिलेसम्म एक हजार ५३ जनाको उद्धार गरिएको छ।’

काठमाडौँमा एक र ललितपुरमा ११ जना गरेर जम्मा १२ जना बाढी पहिरोमा बेपत्ता भएका हुन्।

बढी पहिरोमा परेर काठमाडौँमा १०, ललितपुरमा पाँच र भक्तपुरमा दुई गरी १७ जना घाइते भएका छन्। 

कठमाडौँ उपत्यकामा बाढीपीडितको उद्धारमा नेपाल प्रहरीका चार हजार पाँच सय १० जना खटिएका एसएसपी घिमिरेले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .