ad ad

समाज


सिस्नेरीबाट उद्धार गरिएका एन्फा एकेडेमीका ३० जनालाई काठमाडौँ ल्याइयो

सिस्नेरीबाट उद्धार गरिएका एन्फा एकेडेमीका ३० जनालाई काठमाडौँ ल्याइयो

नेपालखबर
असोज १२, २०८१ शनिबार १९:४१, काठमाडौँ

पहिरोका कारण मकवानपुरको एन्फा एकेडेमी सिस्नेरीबाट उद्धार गरिएका ३० जना बालकलाई ललितपुरको सातदोबाटोस्थित एन्फा एकेडेमीमा ल्याइएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ स्थित वात्सल्यदेवी उच्च माविमा एन्फाले सञ्चालन गरेको प्रशिक्षण केन्द्रमा रहेका ३४ मध्ये ३० जना बालकको सकुशल उद्धार गरि एन्फा एकेडेमीमा ल्याइएको छ। 

अन्य ४ जना भने आफन्तसँगै बसेका छन्।

दुई दिन देखि परिरहेको भिषण वर्षाका कारण आएको पहिरोमा परि मृत्यु भएका ६ जनाको शव भने पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको एन्फा प्रवक्ता सुरेश शाहले बताए। 

पहिरोमा परि मृत्यु हुनेमा दिवस बानिया, प्रियान्स आचार्य, साइमन योञ्जन, अनुपम घलान, विकल रेग्मी र आदित्य बालमपाकी छन्। मृतक ६ जनाको शव टिचिङमा राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .