ad ad

समाज


बाढीपहिरोका कारण ललितपुरमा मृतकको संख्या २० पुग्यो, साढे ६ सयको उद्धार

बाढीपहिरोका कारण ललितपुरमा मृतकको संख्या २० पुग्यो, साढे ६ सयको उद्धार

नेपालखबर
असोज १२, २०८१ शनिबार १९:२८, काठमाडौँ

बाढी पहिरोमा परी ललितपुरमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ।

शनिबार साँझ ६ बजेसम्म जिल्लामा २० जनाको शव फेला परेको प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीले जानकारी दिए। 

मृतकको सनाखत गर्ने काम भइरहेको पनि उनले बताए। यस्तै १५ जना जति बेपत्ता भएको सूचना आएको र उनीहरूको पनि विवरण यकिन गरिरहेको अधिकारीले बताएका छन्। 

बेपत्ताहरूको खोजी भइरहेको छ। खोजी कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएका छन्। 

ललितपुरबाट नेपाली सेनाले पनि हेलिकोप्टरमार्फत ४ जनाको उद्धार गरेको छ। अरू विभिन्न तरिकाले ६४० जनाको उद्धार भएको छ। बाढी पहिरोमा परी १० जना घाइते भएकोमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। एक जनाको पाटन अस्पतालमा उपचार जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .