ad ad

समाज


राशिफल १४ असोज : मिथुनलाई प्रियतमको यादले सताउने, कन्याको परिवारमा झगडा पर्ने, तपाईँको के?

राशिफल १४ असोज : मिथुनलाई प्रियतमको यादले सताउने, कन्याको परिवारमा झगडा पर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
असोज १४, २०८१ सोमबार ४:३५, काठमाडौँ

आज सोमबार, १४ असोज २०८१ (३० सेप्टेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : आकस्मिक धनलाभ हुनेछ। घरमा अतिथिको आगमन हुनेछ। कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्न सक्छ। प्रणय प्रसङ्गका लागि समय उत्तम छ। आफन्तहरूको सहयोगले काम अगाडि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। झुट नबोल्ने।

वृष : जे काम गर्नुहुन्छ होसियारीपूर्वक गर्नुहोला। कार्य सम्पादन सहज नहोला। महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्न सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोला, अन्यथा धन खर्च हुनेछ। साँझमा आफन्तको सहयोग पाइनेछ।

भाग्यशाली रङ खैरो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ५३, सेयर बजारमा ६१, वैदेशिक कार्यमा ६० र शिक्षामा ५५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन : सुखद यात्राको योग छ। मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। तर प्रतिस्पर्धीले खुट्टा तान्ने प्रयास गर्ने छन्। अति प्रिय व्यक्तिको यादले सताउन सक्छ।

भाग्यशाली रङ आकासे र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ७०, सेयर बजारमा ५३, वैदेशिक कार्यमा ७५ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कर्कट : अरूलाई प्रभावित पारेर काम बन्नेछ। आत्मविश्वास र पराक्रम वृद्धि हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। कृषि कार्यमा सफलता मिल्नेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

भाग्यशाली रङ कालो र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५३, सेयर बजारमा ६७, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ७० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।

सिंह : मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। नयाँ कामको योजना बन्नेछ। भाग्योदय हुने योग छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। न्यायिक र प्रशासनिक कार्यमा सफलता मिल्नेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ४०, सेयर बजारमा ३५, वैदेशिक कार्यमा ४१ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ५५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।

कन्या : घरपरिवारमा झैझमेलाको अवस्था आउला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ। साँझमा बढी धन खर्च होला। प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ।

भाग्यशाली रङ आकासे र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ६१, सेयर बजारमा ७४, वैदेशिक कार्यमा ७५ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।

तुला : श्रमदान गर्ने अवसर मिल्नेछ। छोटो यात्रा हुनुका साथै मानसम्मान मिल्नेछ। मित्रबाट विशेष सहयोग होला। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। वैदेशिक काम बन्नेछ। अधुरो कामले पूर्णता पाउला।

भाग्यशाली रङ पहेँलो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ७०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५५ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७८, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। अरूको कुभलो नसोच्ने।

वृश्चिक : रोकिएको कामले पूर्णता पाउनेछ। शुभकार्यको चर्चा चल्नेछ। कुनै कुराले मन प्रसन्न रहनेछ। राजनीतिक क्षेत्रको कार्य विस्तारै अघि बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ६१, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५३ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

धनु : न्यायिक कार्यमा सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। अपुरो कार्य पूरा हुनेछ। राजनीति तथा समाजसेवामा मन लाग्नेछ। विशिष्ट व्यक्तिको सहयोग मिल्ला। प्रेममा सफलता पाइनेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।

मकर : स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नेछ। अनावश्यक काममा सहभागिता जनाइनेछ। झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ। अनावश्यक ठाउँमा धन खर्च होला। कडा मिहिनेतले मात्र गरिएको कामबाट लाभ हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ : नयाँ कार्यको योजना बन्ने र विभिन्न अवसर जुर्नेछ। घरमा अतिथिको आगमन हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। प्रेमीबाट विशेष सहयोग मिल्नेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन : धनार्जनका नयाँ योजना पत्ता लाग्नेछन्। वैदेशिक क्षेत्रको काम विस्तारै अघि बढ्नेछ। माया प्रेममा समीपता बढ्नेछ। घरपरिवार तथा आफन्तबीचको सम्बन्धमा पनि सुधार भएर जानेछ। रोमाञ्चक यात्रा समेत होला।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .