ad ad

समाज


त्रिभुवन राजपथअन्तर्गतको चित्लाङ-काठमाडौँ सडक सञ्चालन

त्रिभुवन राजपथअन्तर्गतको चित्लाङ-काठमाडौँ सडक सञ्चालन

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८१ सोमबार ८:५८, काठमाडौँ

हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ—चन्द्रागिरि—काठमाडौँ सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालन गरिएको छ। 

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले पहिरो पन्छाएसँगै आइतबार साँझदेखि सडक एकतर्फी सञ्चालनमा आएको र सडक दुईतर्फी सञ्चालन गर्न केही समय लाग्ने जानकारी दिए। 

यस सडकखण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। पहिरो खसेर अवरुद्ध भएका अन्य सडकमा पनि पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए। 

कान्तिलोकपथ सडकको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नं वडाको लाम्राङ, आँपचौरमा पहिरोका कारण र भीमफेदी गाउँपालिका–८ स्थित बागमती खोलाको पुल कटान गरी सडक पूर्ण अवरुद्ध भएको छ।

दक्षिणकाली छैमले सिस्नेरी सडकअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङमा पहिरो खसी कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध छ। दक्षिणकाली छैमले सिस्नेरी सडककै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

कुलेखानी मार्खु भित्री सडकको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्ण रुपमा अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसी हेटौँडा–कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .