ad ad

समाज


पृथ्वी राजमार्गमा दुईतर्फी नै गाडी चल्न थाले

पृथ्वी राजमार्गमा दुईतर्फी नै गाडी चल्न थाले

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८१ सोमबार ११:३४, तनहुँ

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्डमा दुईतर्फी नै गाडी गुड्न थालेका छन्।

वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी गाडी चल्न थालेको उक्त सडक खण्ड आज बिहानदेखि दुईतर्फी नै गाडी चल्न थालेका हुन्। 

ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .