ad ad

समाज


पहिरोमा ज्यान गुमाएका एन्फाका ३ विद्यार्थीको शव हेटौँडा ल्याइयो

पहिरोमा ज्यान गुमाएका एन्फाका ३ विद्यार्थीको शव हेटौँडा ल्याइयो

नेपालखबर
असोज १४, २०८१ सोमबार १२:४१, हेटाैँडा

असोज १२ गते शुक्रबार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीमध्ये तीनजनाको शव हेटौँडा ल्याइएको छ।

सोमबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत उनीहरुको शव हेटौँडा ल्याइएको हो।

हेटौँडा–१२ का अनुपम घलान, मकवानपुरगढी–४ का साइमन योन्जन र बारा निजगढ–८ का विकल रेग्मीको शव ल्याएर मकवानपुर जिल्ला फुटबल संघले श्रद्धाञ्जलीका सभा गरेको छ।

एन्फा एकेडेमीमा आवसीय प्रशिक्षण लिइरहेका ४० मध्ये ६ जनालाई सुरक्षित स्थानमा जाने क्रममा पहिरोले पुरेको थियो। ६ जनाको शव शनिबार साँझ सेनाको हेलिकोप्टर मार्फत पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .