नेपालमा बाढी र पहिरोले धेरै मानवीय र भौतिक क्षति भएकामा काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासले दुःख व्यक्त गरेको छ।
राजदूत लिन जोन्स्टनले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै समवेदना प्रकट गरेकी हुन्।
साथै दूतावासले आगामी ३ दिन अस्ट्रेलियाको राष्ट्रिय झण्डा दूतावासमा आधा झुकाउने पनि उनले शोकसन्देशमा भनेकी छिन्।
‘गत केही दिनको अत्यधिक वर्षाले नेपालका विभिन्न स्थानहरुमा भएको बाढी, पहिरो र त्यस्ले गरेको मानवीय र भौतिक क्षतिप्रति अस्ट्रेलियाली दूतावास हार्दिक समवेदना प्रकट गर्दछ’, उनले ट्विटरमा भनेकी छिन्, ‘हाम्रो दुतावासले यस दुःखद समयमा शोक व्यक्त गर्दै आगामी तीन दिनका लागि झण्डा आधा झुकाउनेछ।’
51
Shares
प्रतिक्रिया