ad ad

समाज


विपद्‌मा चिनियाँ रेडक्रसको एक लाख अमेरिकी डलर सहयोग

विपद्‌मा चिनियाँ रेडक्रसको एक लाख अमेरिकी डलर सहयोग

नेपालखबर
असोज १६, २०८१ बुधबार १६:२६, काठमाडौँ

चिनियाँ रेडक्रस सोसाइटीले विपद्का घटनामा परेका नागरिकहरूको सहयोगका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ।

बुधबार नेपालीका लागि चीनका राजदूत छन सङले गृह मन्त्रालय मार्फत उक्त चेक रकम नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेका छन्।

पछिल्लो समय बाढी, पहिरो र डुवान लगायत प्राकृतिक विपत्तीमा परेका नागरिकहरुको सहयोगका लागि गृह मन्त्रालय मार्फत नेपाल रेडक्रस सोसाइटीलाई उक्त रकम हस्तान्तरण गरेको गृह मन्त्रालयले जनाएको छ।

चेक हस्तान्तरणका क्रममा बोल्दै राजदूत सङले विपद्मा परी ज्यान गुमाउने नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना व्यक्त गरे।

उनले विपद्‌मा चिनियाँ सरकारले थप सामाग्री समेत सहयोग गर्ने वचन व्यक्त गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .