ad ad

समाज


बागमती प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य

नेपालखबर
असोज १६, २०८१ बुधबार २०:२७, काठमाडौँ

बागमती प्रदेश सभाको बर्खे अधिवेशन अन्त्य गरिएको छ। बुधबार राति १२ बजेदेखि लागू हुनेगरी प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले जारी बर्खे अधिवेशन अन्त्य गरेका हुन्।

मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख देवकोटा समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने संविधानमा व्यवस्था रहेको छ। 

सोही व्यवस्था अनुरुप प्रदेश प्रमुख देवकोटाले बर्खे अधिवेशन अन्त्य गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .