रुपन्देहीमा कार दुर्घटना हुँदा मुत्यु भएका तीनै जनाको परिचय खुलेको छ।
मुत्यु हुनेमा सिद्धार्थनगर नगरपालिका–४ का २७ वर्षीय देवेन्द्र चौधरी, कोटहीमाई गाउँपालिका–३, मर्यादपुरका २८ वर्षीय नौसाद दर्जी र नवलपरासी रामग्राम नगरपालिका–१२, पथगावाका १२ वर्षीय प्रदीप ठाकुर छन्।
जिल्लाको रोहिणी गाउँपालिका ४ छिपागडस्थित हुलाकी सडकखण्डमा शुक्रबार राति ११ बजे परासीबाट भैरहवातर्फ आउँदै गरेको लु २ च ६७५६ नम्बरको कार अनियनित्रत भइ पल्टिएको हो। कार अनियन्त्रित भएर पल्टिँदा ३ जनाको मृत्यु भएको र सबैको पहिचान खुलिसकेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिए।
कार सडकबाट १० मिटर तल पल्टिँदा उक्त कारमा सवार ४ जना घाइते भएको र उनीहरुको भैरहवास्थित भीम अस्पतालमा उपचारका क्रममा ३ जनाको मुत्यु भएको हो।
दुर्घटनामा घाइते ओमसतिया गाउँपालिका– ४ का ३४ वर्षीय अनिल यादवको भने अहिले मेडिकल कलेज भैरहवामा उपचार भइरहेको र उनको अवस्था खतरोन्मुख रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया