बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ।
शनिबार बिहान कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।
उपचारका लागि अस्पताल आउँदा ती पुरुषको फोक्सोमा समस्या देखिएको थियो। उनको आर्इसीयुमा उपचारकै क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले बताए। मृतक ती संक्रमित प्रादेशिक अस्पतालमा तीन दिनदेखि उपचाररत थिए।
अस्पतालका अनुसार उनको सुरुको रिपोर्ट नेगेटिभ आए पनि जेनेक्स्पर्ट गरेर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि फेरि गरिएको पीसीआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको डा. गौतमले जानकारी दिए।
यसअघि पनि कपिलवस्तुका ४२ वर्षीय पुरुषको उपचारकै क्रममा बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएको थियो।
प्रतिक्रिया