गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार नाघेको छ।
बिहीबार बिहान र दिउँसो गरेर थप ५३ जनामा कोरोना पुष्टि भएसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या दुई हजार पाँच पुगेको हो।
बिहीबारु दिउँसो क्षयरोग उपचार केन्द्र, पोखरा र गण्डकी प्रदेश भन्दा बाहिरका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा थप २७ जनामा कोरोना पुष्टि भएको हो। यसअघि बिहान २५ र मध्यान्ह १ जनामा कोरोना पुष्टि भएको थियो।
पछिल्लोपटक थपिएका २७ संक्रमित सबै नवलपरासी (सुस्तापूर्व)का हुन्।
संक्रमित भएका सबै व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए।
यस्तै गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या एक हजा ६७२ पुगेको छ।
यस्तै गण्डकीमा आज बिहान पोखराकी ३२ वर्षीया महिलाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।
प्रतिक्रिया