रुपन्देहीमा उपचाररत थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा–११ कि ६० वर्षीया महिलाको बुधबार बिहान मृत्यु भएको हो।
उच्च रक्तचापकी बिरामी ती महिलाको आईसीयुमा राखेर उपचार भइरहेका बेला मृत्यु भएको कोरोना विशेष अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।
ती महिलालाई भदौ ७ गते थप उपचारका लागि बुटवल ल्याइएको थियो।
कोरोनाबाट गएराति भैरहवाको भीम अस्पतालमा नवलपरासी रामग्राम ५ कि ६५ वर्षीया महिलाको पनि मृत्युु भएको थियो।
6
Shares
प्रतिक्रिया