रुपन्देहीमा थप एक जना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ।
लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत बृद्ध पुरुषको मृत्यु भएको हो।
बुटवल उपमहानगरपालिका–८ का ७८ वर्षीय ती पुरुषको शुक्रबार बिहान ९ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए।
विगत ९ दिनदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो। ती बृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि भदौ ४ गते अस्पताल भर्ना गरिएको थियो।
मृतक पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या समेत रहेको डा।थापाले बताए।
प्रतिक्रिया