रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार शनिबार बिहान ६ बजे पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका-२ की ३७ वर्षीया महिलाको र शुक्रबार राति ११ बजे बुटवल उपमहानगरपालिका-११ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो।
भेन्टिलेटरमा राखिएका दुवैमा ज्वरो र श्वासप्रश्वासको समस्या थियो।
डा. थापाका अनुसार पुरुष यही भदौ १५ र महिला १७ गते कोरोना अस्पताल भर्ना भएका थिए।
योसँगै रूपन्देहीमा काेराेनाबाट मृत्युकाे संख्या १५ र नवलपरासीमा ३ पुगेको छ।
प्रतिक्रिया