कोरोना भाइरस संक्रमितको बुटवलमा मृत्यु भएको छ।
कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत नवलपरासी सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार शुक्रबार बिहान ११ बजे ती पुरुषको मृत्यु भएको हो।
उनमा ज्वरो, स्वासप्रश्वासमा समस्या, मधुमेह र उच्च रक्तचापको समस्या थियो। संक्रमण पुष्टिपछि भदौ १९ गते उनलाई कोरोना विशेष अस्पतालको आईसीयूमा भर्ना गरिएको थयो।
उनको आईसीयूमा उपचारकै क्रममा उनको मृत्यु भएको हो।
3
Shares
प्रतिक्रिया