ad ad

समाज


रुपन्देहीमा कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट वडा सदस्यको मृत्यु

प्रकाश न्यौपाने
असोज २२, २०७७ बिहिबार ५:४९,

कोरोना भाइरसको संक्रमणका कारण रुपन्देहीमा एक जनप्रतिनिधिको मृत्यु भएको छ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ईन्जिनियर सुबोध तुलाचनको संक्रमणका कारण मृत्यु भएको हो।

बुधबार राति १०ः५ बजे उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरोना पुष्टिपछि घरमै आइसोलेसनमा बसेका उनी एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो।

उनको प्लाज्मा थेरापीबाट पनि उपचार गरिएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले बताए। केसीका अनुसार उनमा निमोनिया, रगतमा खराबी हुनुका साथै कलेजो पनि पूर्णरुपमा खराब भएको थियो।

४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .