रुपन्देही एक जना कोरोना भाइरस संक्रमित वृद्धको मृत्यु भएको छ।
तिलोत्तमा नगरपालिका–१ का ९५ वर्षीया बृद्ध पुरुषको आइतबार बिहान साढे १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनमा हिजो शनिबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि अस्पतालको फिभर क्लिनिकको आइसोलेसनमा भर्ना गरेर उपचार जारी थियो। उपचारकै क्रममा आइतबार बिहान ती वृद्धको मृत्यु भएको प्रदेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।
जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ। रुपन्देहीमा हालसम्म ६ हजार १८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४ हजार ६१६ जना निको भएर घर फर्किएका छन्।
प्रतिक्रिया