ad ad

समाज


दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

दाङका कोरोना संक्रमितको बाँकेमा मृत्यु

प्रकाश न्यौपाने
कात्तिक २२, २०७७ शनिबार ७:२२,

दाङका एकजना कोरोना भाइरस संक्रमितको बाँकेमा मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका–१५ का ५९ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष २० गते साँझ मात्रै भेरी अस्पतालमा थप उपचारका लागि भर्ना भएका थिए। भेरीमा उपचारकै क्रममा शनिबार बिहान साढे ५ बजे मृत्यु भएको श्रेष्ठले बताए।

भेरी अस्पतालमा थप उपचारका लागि जानुअघि उनले कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गराइरहेका थिए। स्वास्थ्य जटिल हुँदै गएपछि बाँके लगिएको थियो। स्वास्थ्य कार्यालयकाअनुसार योसँगै दाङमा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .