समाज


बढी शुल्क फिर्ता गर्न सीएमसीलाई त्रिविको अनुरोध

बढी शुल्क फिर्ता गर्न सीएमसीलाई त्रिविको अनुरोध

नेपालखबर
असोज ४, २०७६ शनिबार १०:३,

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले एमबीबीएसको अध्ययनका लागि चितवन मेडिकल कलेज एन्ड साइन्सेज, भरतपुरलाई सरकारले तोकेकोभन्दा बढी लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ।

त्रिविले विज्ञप्ति जारी गर्दै एमविविएस अध्ययनका लागि कलेजलाई २०७५ असोज २८ गते मन्त्रिपरिषद्ले तोकेको शुल्क लिन अनुरोध गरिएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए। ‘कलेजले विद्यार्थी भर्ना गर्दा बढी शुल्क लिएको भनि विद्यार्थीले कलेजको पठनपाठन र अस्पतालको सेवासमेत ठप्प परेकाप्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

सरकारले तोकेको शुल्कभन्दा बढी शुल्क लिन नपाइने कुरा मन्त्रिपरिषद्को निर्णयमा उल्लेख भएको अवस्थामा विद्यार्थीले राखेका मागका बारेमा कलेज सञ्चालक र सम्बन्धित पक्षले विद्यार्थीसँग वार्ता तथा संवाद गरी शुल्क बढी लिएको भए सो शुल्क फिर्ता गर्न विज्ञप्तिमा भनिएको छ।

त्रिविले आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेजमा अध्ययरत विद्यार्थीलाई कलेजले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन आग्रह गरेको छ।

त्रिविले विद्यार्थीको पठनपाठन र जनताको स्वास्थ्योपचार प्राप्त गर्ने अस्पताल जस्तो अति संवेदनशील स्थानमा बाधा अवरोध सिर्जना गर्ने गराउन कार्य नगर्नसमेत सम्बन्धित सबै पक्षसँग अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .