ad ad

राजनीति


सिक्किम विधानसभाको उपनिर्वाचन अक्टोबर २१ मा, एमकेएम र भाजपाबीच कडा टक्कर

 सिक्किम विधानसभाको उपनिर्वाचन अक्टोबर २१ मा, एमकेएम र भाजपाबीच कडा टक्कर

शैलेन्द्र समदर्शी
असोज ४, २०७६ शनिबार १०:१४,

भारतको निर्वाचन आयोगले शनिबार सिक्किम विधान सभाको उपनिर्वाचनको मिति घोषणा गरेको छ।

आयोगले सिक्किमसहित १८ राज्यका ६३ विधानसभा र एउटा लोकसभा सिटका लागि हुने उपनिर्वाचनको मिति शनिबार मिति घोषणा गरेको हो।

निर्वाचनको आयोगले २१ अक्टोबरको दिन सिक्किम विधानसभाका तीनवटा सिटमा उपनिर्वाचन हुने र मतगणना २४ अक्टोबरको दिन हुने  जनाएको छ।

सिक्किमका उपनिर्वाचन हुने सिटहरू दक्षिण सिक्किमको पोकलोक कामराङ तथा पूर्व सिक्किमका रूम्तेक–मार्ताम र गान्तोक हुन्।

पोकलोक कामराङ सिक्किमका पूर्व मुख्यमन्त्री एवं वर्तमान एसडीएफ विधायक पवन चाम्लिङ, गान्तोक राज्यका मन्त्री कुंगा निमा लेप्चा र रूम्तेक मार्ताम पूर्व मन्त्री एवं वर्तमानमा भाजपा विधायक डीटी लेप्चाले छोड़ेपछि रिक्त रहेका छन्।

पावन चाम्लिङ नाम्ची–सिंगिथाङ र पोकलोक–कामराङ गरी दुईवटा, कुंगा निमा लेप्चा गान्तोक र स्यारी गरी दुईवटा तथा डीटी लेप्चा नाथोङ–माछोङ र रूम्तेक–मार्ताममा विजयी भएका थिए। यसैले नियमअनुसार उनीहरूले एक–एक सिट छोड़ेका हुन्।

यसपटक हुन लागेको यी तीनै सिटको उपचुनाउ महत्त्वपूर्ण रहेको छ। सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चा र १० जना विधायकलाई आफूमा सामेल गरेपछि प्रमुख विपक्षीको रूपमा दह्रिएको भाजपा दुवैका लागि उपचुनाउ महत्त्वपूर्ण बनेको छ।

 

अहिले ३२ सिट रहेको सिक्किम विधानसभामा सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चासँग १८ विधायक छन् भने भाजपासँग १० तथा सिक्किम प्रजातान्त्रिक मोर्चासँग पवन चाम्लिङको रूपमा एकलो सदस्य छन्।

उपचुनाउमा सत्तारूढ एसकेएम र भाजपाबीच कडा टक्कर हुने सम्भावना देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .