ad ad

समाज


ललिता निवास प्रकरण : पक्राउ परेकाहरू अझै पाँच दिन हिरासतमा रहने

ललिता निवास प्रकरण : पक्राउ परेकाहरू अझै पाँच दिन हिरासतमा रहने

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८० आइतबार १५:५३, काठमाडौँ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १८ जना थप पाँच दिन हिरासतमै रहने भएका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ र पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहसहित १८ जनालाई थप पाँच दिन हिरासतमा राख्ने अनुमति जिल्ला अदालत काठमाडौंले आइतबार दिएको हो।

यो प्रकरणमा सुरुमा पक्राउ परेकाहरु २० दिनदेखि हिरासतमा छन्। सुरुमा मीनबहादुर र सुधीर साहहरु समातिएका थिए।

प्रहरीले यो प्रकरणका अभियुक्ताहरुलाई सुरुमा ७ दिन, त्यसपछि थप ७ दिन, तेस्रो पटक ५ दिन र चौथो पटक ५ दिन म्याद थपेको छ।

यो प्रकरणमा पछिल्लो पटक गत बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको थियो।

त्यसअघि अघिल्लो आइतबार प्रहरीले पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजंग कम्पनीको प्रमुख लोकहरी घिमिरेलाई पक्राउ गरेको थियो।

त्यस्तै काठमाडौंको त्रिभुवन विमानस्थलबाट सरकारका उच्च पदस्थ व्यक्तिसमेत रहेका राउत पक्राउ परेका थिए। यो प्रकरणमा जोडिएका  मालपोत कार्यालयका तत्कालीन नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको थियो।

यसअघि गत असार १२ गते भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए। 

गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। 

सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको थियो। उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो। 

त्यस्तै, प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो।

त्यसपछि समरजङ कम्पनीका तत्कालीन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले पक्राउ गरेको थियो।

सम्बन्धित समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .