ad ad

समाज


प्रिन्सिपल र सञ्चालकले कुटपिट गरेपछि विद्यालय पोशाकमै छात्राले गरिन् आत्महत्या

दुवैजनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा
प्रिन्सिपल र सञ्चालकले कुटपिट गरेपछि विद्यालय पोशाकमै छात्राले गरिन् आत्महत्या

नेपालखबर
भदौ २५, २०८० सोमबार १४:४, काठमाडौँ

आत्महत्या दुरुत्साहन मुद्दा परेपछि रुकुमको चौरजहारी नगरपालिका– १ को पुरानो बजारस्थित भ्याली पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल र सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले प्रिन्सिपल पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई आइतबार प्रक्राउ गरेको हो।

त्यही विद्यालयको कक्षा ८ मा अध्यनरत १३ वर्षीया सृष्टि गौतमको आत्महत्या दुरुत्साहन मुद्दा उनीहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए।

शक्रबार १३ वर्षीया छात्रा गौतमलाई विद्यालयमा प्रिन्सिपल भाट र सञ्चालक भण्डारीको संलग्नतामा निर्धात कुटपिट गरिएको थियो। कुटपिटपछि घर आएकी छात्राले विद्यालयको पोसाकमै झुण्डिएर अत्महत्या गरेकी थिइन्।

पढाइलेखाइ भन्दा घरायसी साथसङ्गतका कारण विद्यालयमा बालिकामाथि प्रिन्सिपलले निरन्तर यातना र तनाव दिएपछि ज्यान गुमाउन बाध्य पारिएको छात्राका परिवारले आरोप लगाएका छन्।

यस विषयमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। मृतक छात्रा त्यही नगरपालिका वडा नं. १ लामिछाने गाउँकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .