ad ad

समाज


लुटिइन् तीज मनाएर घर फर्किँदै गरेकी युवती, दुईजना पक्राउ

लुटिइन् तीज मनाएर घर फर्किँदै गरेकी युवती, दुईजना पक्राउ

नेपालखबर
असोज ३, २०८० बुधबार १०:४५, काठमाडौँ

काभ्रेको पनौतीस्थित माइतीबाट तीज मनाएर घरतर्फ जाने क्रममा एकजना महिला लुटिएकी छन्।

धुलिखेल नगरपालिका-१० बतासेडाँडास्थित चोकोट गैरीगाँउ जङ्गलमा ३७ वर्षीया अनिता थापालाई हतियरा देखाएर लुटपाट गरिएको हो।

पनौतीस्थित माइतीबाट बतासेस्थित घर फर्किने क्रममा उक्त जङ्गलमा कालो मास्क लगाएका दुईजना अपरिचित व्यक्तिले उनलाई लुटपाट गरेका बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुले चक्कु देखाई घाँटीमा लगाउने डेढ तोला सुनको सिक्री, तिलहरी र कानका झुम्का २ थान लुटेर फरार भएका थिए। ती लुटेर दुवैजनालाई प्रहरीले लुटपाट गरेको सुनसहित पक्राउ गरेको छ। 

प्रहरी चौकी पनौतीको टोलीले मंगलबार दिउँसो साढे ३ बजे सुनसहित काभ्रेको तिमाल गाउँपालिका-२ घर भई हाल पनौती नगरपालिका-४ डेरा गरी बस्ने २७ वर्षीय आकाश दोङ र काभ्रेकै खानीखोला गाउँपालिका-१ घर भई हाल पनौती-६ मा बस्ने २७ वर्षीय श्रीराम लोप्चनलाई पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .