ad ad

समाज


पोर्चुगलमा गम्भीर घाइते सुस्मितालाई स्विट्जरल्यान्डका नेपालीबाट ३ लाख सहयोग

पोर्चुगलमा गम्भीर घाइते सुस्मितालाई स्विट्जरल्यान्डका नेपालीबाट ३ लाख सहयोग

नेपालखबर
फागुन १०, २०८० बिहिबार ९:५०, काठमाडौँ

पोर्चुगलमा कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी सिन्धुली मरिन–३ की सुस्मिता मोक्तानलाई उपचारका लागि गैरआवासीय नेपाली संघ स्विट्जरल्यान्डले आर्थिक सहयोग गरेको छ। 

गैरआवासी नेपाली संघ स्विट्जरल्यान्डकी सचिव सुनिता तामाङ ब्लोनको पहलमा २ हजार २४६ युरो अर्थात् ३ लाख २० हजार रुपैयाँ पीडित मोक्तानलाई सहयोग उपलब्ध गराइएको हो। 

वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल पुगेकी २९ वर्षीया सुस्मितालाई गत जनवरी १० तारिखका दिन कामबाट फर्कने क्रममा मोन्तिजोमा जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा कारले ठक्कर दिएको थियो।

गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य भएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .