भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा नजिक आज बिहान साढे नौ बजे ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परेको हो।
दुर्घटनामा चालकसहित १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी मोहनबहादुर खाणले जानकारी दिए।
घाइतेलाई प्रहरीले उद्धार गरेर भिमादस्थित जीपी कोइराला अस्पताल लगेको छ।
‘बढी चोट लागेका ३ जना त्यहाँबाट पोखरा रेफर भएका छन्,’ नेपालखबरसँग उनले भने, ‘इलाका प्रहरी कार्यालय भिमादको टोली दुर्घटनास्थलमा खटिएको छ।’
तीव्र गतिको कारण जिप दुर्घटना परेको अनुमान छ। जिप घुम्ती सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायव निरीक्षक उदयराज पौडेलले जानकारी दिए।
पोखराबाट यात्रु लिएर पाल्पा जाँदै गरेको जिप दुर्घटनामा परेको हो।
27
Shares
प्रतिक्रिया