ad ad

समाज


पोखराको लेकसाइडमा २ सवारी ठोक्किँदा १ युवकको मृत्यु

पोखराको लेकसाइडमा २ सवारी ठोक्किँदा १ युवकको मृत्यु

नेपालखबर
साउन ६, २०८१ आइतबार १०:५२, पाेखरा

पोखराको पर्यटकी क्षेत्र लेकसाइडको हल्लन चोकमा आइतबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ। 

आइतबार बिहान ५ः४० बजे ग ३ च ३४५७ नम्बरको हाइलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक २६ वर्षीय ईश्वर परियारको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका ईश्वरलाई उपचारको लागि तत्काल गण्डकी मेडिकल कलेज पठाइए पनि उनलाई बचाउन नसकिएको कास्की प्रहरीले जनाएको छ। 

घटनापछि प्रहरीले हाइलक्स चालक बर्दिया ठाकुर बाबा नगरपालिका ८ स्थायी घर भइ हाल पोखरा १७ ड्यामसाइड बस्ने ३० वर्षीय सुशील दहितलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .