ad ad

समाज


घर नजिकैबाट बेपत्ता ३० महिने बालकको २ किमि टाढा शव भेटियो

घर नजिकैबाट बेपत्ता ३० महिने बालकको २ किमि टाढा शव भेटियो

नेपालखबर
साउन २३, २०८१ बुधबार ९:५२, काठमाडौँ

नवलपरासी पूर्वको कावासोतीमा हिजोदेखि हराइरहेका एक बालकको शव फेला परेको छ। 

कावासोती ४ हसौरा निवासी रामजी ढुंगानाका अढाई वर्षीय नाती सुवासलाई आज घरबाट झण्डै दुई किमि तल हसौरा खोलाको किनारमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।  

नवलपुरका प्रहरी नायव उपरीक्षक डीएसपी वेदबहादुर पौडेलका अनुसार बालकलाई घर नजिकैको कुलोले बगाउँदा मृत्यु भएको अनुमान गरिएको छ। 

‘घटनाको सम्बन्धमा हामी थप बुझ्दै छौँ,’ डीएसपी पौडेलले भने, ‘घटनास्थलमा पुगेर अहिले मुचुल्का तयार पार्ने काम भइरहेको छ।’

मंगलबार बिहान घर नजिकै  साइकलमा खेलिरहेको अवस्थामा एक्कासी उनी बेपत्ता भएका थिए। 

‘घर नजिकै सिँचाइको सिमेन्टेड कुलो रहेछ। त्यही कुलोले बगाउँदा बालकको मृत्यु भएको हो कि भन्ने अनुमान छ,’ डीएसपी पौडेलले भने। 

हिजो दिनभरी खोज्दा पनि फेला नपरेका बालकलाई आज बिहान करिब नौ बजे प्रहरी र स्थानीयले मृत फेला पारेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .