ad ad

समाज


दाङमा तीव्र गतिको मोटरसाइकल पल्टिँदा २१ र २२ वर्षका युवाको मृत्यु

दाङमा तीव्र गतिको मोटरसाइकल पल्टिँदा २१ र २२ वर्षका युवाको मृत्यु

नेपालखबर
असोज ३, २०८१ बिहिबार १०:६, काठमाडौँ

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको छ। 

आज बिहान घोराही–लमही सडकखण्डको बेलदमारमा रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक शोम घर्तीमगरले जानकारी दिए।

मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही निवासी २२ वर्षीय श्रवण कुमार पुन र मोटरसाइकल पछाडि बस्ने घोराही ४ का २१ वर्षीय विनोद केसी छन्। 

‘बिहीबार बिहान सवा सात बजे लमहीबाट घोराहीतर्फ जाँदै गरेको मोटरसाइकल लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो,’ इन्सपेक्टर घर्तीमगरले नेपालखबरसँग भने, ‘दुर्घटनास्थलमा गम्भीर घाइते अवस्थामा फेला परेका उनीहरुलाई उपचारको लागि लमही अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।’

मोटरसाइकल दुर्घटनाको कारण नखुले पनि तीव्र गतिको कारण मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी गरेको इन्सपेक्टर घर्तीमगरले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .