ad ad

समाज


जाजरकोटमा मध्यराति माछा मार्न गएका शिक्षकसहित ७ जनालाई बाढीले बगायो

जाजरकोटमा मध्यराति माछा मार्न गएका शिक्षकसहित ७ जनालाई बाढीले बगायो

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८१ आइतबार ८:२४, काठमाडौँ

जाजरकोटमा माछा मार्न गएका सात जनालाई बाढीले बगाएको छ। गएराति साढे ११ बजे खोलाले बगाउँदा माछा मार्न गएकामध्ये एक शिक्षकको मृत्यु भएको छ। 

कुशे गाउँपालिका– १ तारेचौरस्थित चैया खोलामा आएको बाढीले बगाएकामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक दिनेश तिमल्सिनाले जानकारी दिए। 

‘मृत्यु हुनेमा जाजरकोटकै कुशे गाउँपालिका-९ घर भएका स्थानीय कालीका माविका शिक्षक ३८ वर्षीय इन्द्रबहादुर रोकाया छन्,’ प्रहरी निरीक्षक तिमल्सिनाले नेपालखबरसँग भने, ‘उहाँसँगै बाढीमा बगेका ६ जना स्थानीयको घाइते अवस्थामा उद्धार भएको छ। त्यसमध्ये तीन जनाको अवस्था गम्भीर छ।’

इन्सपेक्टर तिमल्सिनाका अनुसार शनिबार राति ८ बजेतिर कुशे क्षेत्रमा ठूलो पानी परेकाे थियाे। पानी परिरहेकाेबेला शिक्षक रोकायासहित गाउँका सात जना माछा मार्न भनेर नजिकैको खोलामा जाँदा घटना भएको हो।

‘खोलामा बाढी आउँदा माछा मार्न सजिलो हुने रहेछ,’ उनले भने, ‘खोलामा माछा मारिरहेको समयमा अन्धकार ठाउँमा एक्कासी आएको ठूलो बाढीले उनीहरुलाई बगाएको खबर हामीले पाएका छाैँ। प्रहरी निरीक्षक दामु पुनको कमाण्डमा प्रहरी टोली घटनास्थलमा गएको छ। विस्तृत विवरण आउन बाँकी छ।’

बाढीले बगाउँदा गम्भीर घाइते भएका साेही ठाउँमा ३४ वर्षीय खिमबहादुर शाही, ३४ वर्षकै राजु शाही र २७ वर्षीय जीवन जैसीलाई थप उपचारको लागि राति नै नेपालगञ्जतिर लगिएको छ। 

घाइते पृथ्वीबहादुर  शाही, गोविन्द रावत र दीपेन्द्र बहादुर चलाउनेको भने स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .