झापामा खेतमा काम गरिरहेको बेला परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
कमल गाउँपालिका २ समइगढमा आज बिहान खेतमा गएको बेला चट्याङले लाग्दा स्थानीय ४६ वर्षीय राजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
बिहान ७ बजे चट्याङले लागेर गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
63
Shares
प्रतिक्रिया