ad ad

समाज


झापामा मत्ता हात्ती मृत भेटियो

झापामा मत्ता हात्ती मृत भेटियो

फाइल तस्बिर


नेपालखबर
असार १३, २०८१ बिहिबार १०:२२, झापा

झापाको मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा जंगली हात्ती मृत फेला भेटिएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर ३ को धरधरे टोल सुकेनिन्दा खोलाकिनारमा मत्ता हात्ती मृत फेला परेको हो। 

स्थानीवासीले खोलामा मरेको हात्ती देख्नेवित्तिकै जिल्ला प्रहरी कार्यालय र डिभिजन वन कार्यालयमा खबर गरेका थिए। उक्त खबर प्राप्त हुनासाथ ती निकायको संयुक्त  टोली खोला किनारमा पुगेको छ। 

झापाका प्रहरी प्रवक्ता कृष्णबहादुर चन्दले मृत हात्तीको परीक्षणका लागि कोशीटप्पु वन्यजन्तु आरक्षबाट पशुविशेषज्ञ टोली आउने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .