ad ad

समाज


गिटी-बालुवा निकाल्दा बनेको पोखरीमा डुबेर सिराहामा ६ र ८ वर्षका २ बालकको मृत्यु

गिटी-बालुवा निकाल्दा बनेको पोखरीमा डुबेर सिराहामा ६ र ८ वर्षका २ बालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार १८, २०८१ मंगलबार १३:४१, सिराहा

सिराहाको नरहामा पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ।

नरहा गाउँ पालिका- ३ खोरियास्थित खोला किनारमा रहेको स्थानीय वसन्त यादवको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल र शुशीलकै भान्जा ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उक्त पोखरी गिट्टीबालुवाको अवैध उत्खनन् गर्दा बनेको आरोप स्थानीयले लगाएका छन्।  

सोमबार दिउँसोदेखि हराइरहेका दुवै बालकको शव मंगलबार बिहान फेला पारिएको  इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ। 

दुबै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .