ad ad

समाज


माछा मार्दा दहमा डुबेर मृत्यु

माछा मार्दा दहमा डुबेर मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन १२, २०८१ शनिबार ५:४४, झापा

झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा माछा मार्ने क्रममा पानीमा डुबेर एकजनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

शुक्रबार टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेको अवस्थामा भेटिएका मुर्मूको उपचारका क्रममा मृत्यु भएको हो। 

मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा मार्ने क्रममा शनिबार करिब पौने ४ बजे पानीमा डुबेका थिए। 

उनीहरूलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि लगिएको थियो। 

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएको थियो। मुर्मूको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .