ad ad

समाज


झापामा ठूलो हावाहुरी: बिजुलीका पोल ढले, रुखहरु भाँचिए, घरका छाना उडे

झापामा ठूलो हावाहुरी: बिजुलीका पोल ढले, रुखहरु भाँचिए, घरका छाना उडे

फाइल तस्बिर


नेपालखबर
भदौ २, २०८१ आइतबार ९:४, झापा

गएराति आएको हावाहुरीले झापामा ठूलो क्षति पुर्याएको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना पनि उडाएको छ। 

धेरैतिर रुखहरुसमेत ढलेको प्रहरीले जनाएको छ। 

क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए। उनले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताए।

राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ। चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ। 

चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१(०२३च ५०९३ नं को कारमा क्षति भएको प्रहरीले जनाएको छ। कारमा पाँच जना सवार रहेका थिए। ती सबै सकुशल छन्। 

हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .