समाज


जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल

रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण
जीवन कर्कलाको पानी हो, बाँचुन्जेल राम्रो काम गर्नुपर्छ : भैरव रिसाल

नेपालखबर
साउन २७, २०८० शनिबार २०:३९, काठमाडौँ

वरिष्ठ पत्रकार भैरव रिसालको जीवन भोगाइ समेटिएको ‘भैरव दाई’ लोकार्पण गरिएको छ। शनिबार काठमाडौंमा रिसालको ९६ औँ जन्म दिनको अवसर पारेर पुस्तक लोकार्पण गरिएको हो। 

पुस्तकमा रिसालको ‘रहरले कम्युनिस्ट, बाध्यताले पत्रकार’, ‘दुई सय रुपैयाँ घुस’, ‘हाम्रै हो लिम्पियाधुरा’, ‘सुशीला, सरकारी पत्रकार’, ‘चर्पी नबनाउनेको घरमा चिया खान्न म’, ‘जेल जीवन र राजनीति’, ‘चुनाव’, ‘गाउँको विकास’, ‘पत्रकार’, ‘उहिले बाजेको पालामा’, ‘लोभी पशुपति’, ‘राजासँगका भ्रमण’लगायत अनुभुति समेटिएका छन्।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार रिसालले जीवन कर्कलाको पानी जस्तो भएको बताए। उनले मानिसहरु जीवित रहुन्जेलसम्म राम्रो काम गर्नुपर्ने बताए। उनले पुस्तकमार्फत जीवनमा भोगाइहरु साटेको उल्लेख गरे।

‘यो जिन्दगी कर्कलाको पातको पानी रहेछ, कहिले राम्रो देखिन्छ, कहिले झर्छ। मान्छेहरु बाँचुन्जेलसम्म राम्रो कर्म गर्नुपर्छ,’ उनले भने।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, वरिष्ठ साहित्यकारहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .