ad ad

समाज


अर्घाखाँचीमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु

अर्घाखाँचीमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर २४, २०८० आइतबार ९:१०, अर्घाखाँची

अर्घाखाँचीमा ट्रक पल्टिँदा चालक र सहचालकको मृत्यु 
 
अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ। 

जिल्लाको शीतगंगा नगरपालिका-८ सातमारास्थित राप्ति पुलनजिकै ना ६ ख २७३९ नम्बरको ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए। 

दुर्घटनामा ट्रकका चालक नवलपरासी पश्चिमको रामग्राम नगरपालिका १८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जेनस अस्पताल बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .