ad ad

समाज


रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु

नेपालखबर
पुस १९, २०८० बिहिबार १२:२८, रुपन्देही

रुपन्देहीको शुद्धोधनमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

आज बिहान शुद्धोधन गाउँपालिका-३ दोगानामा लु.३२ प १००९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका २५ वर्षीय प्रलाद थाररुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो। तीव्र गतिको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .